२०८३ साउन २१ गते बिहीबार

रास्वपा प्रतिगामी र गैर प्रजातान्त्रिक पार्टी होः काँग्रेस सांसद बजगाईं

रास्वपा प्रतिगामी र गैर प्रजातान्त्रिक पार्टी होः काँग्रेस सांसद बजगाईं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३० गते सोमबार ०१:४८

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले काँग्रेसमाथि रास्वपाले...

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले काँग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै रास्वपा सभापति रवि लामिछानेकै कारण चालकको रहष्यमयी मृत्यु र पत्रकार शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु परेको बताए ।

प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले प्रेस स्वतन्त्रताको विरुद्धमा बोलेको बताए ।

रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने टिप्पणी गरे । रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो, फोकाहरुको पार्टी हो भन्न नपरोस् भन्दै चेतावनी दिए ।

सांसद बजगाईंले भने, यो संसदमा कुरुपहरुले हर्कत देखाउन खोजेका छन् । तपाईंहरुले हर आक्रमण प्रयास गर्न खोज्नुभएको छ । मुलतः काँग्रेसमाथि । यसका कारण पनि तपाईंहरु प्रतिगामी र गैर प्रजातान्त्रिक हो । घरमा चालक शम्भू वीरबहादुर थापाको रहष्यमय मृत्यु भयो । शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु प¥यो । यि घटनाहरु निरुपण भयो भन्न सकिँदैन । प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले संसदमा के बोल्नुभयो भने संसदमा पनि सारा पत्रकारहरु, सारा छापाहरु विरुद्धमा उहाँको विरुद्धमा एउटा स्टेटमेण्ट जारी गर्नुभयो । प्रेस स्वतन्त्रताको विरुद्धमा तपाईंहरुले विज्ञप्ती जारी गर्नुभएको छ । जो बोल्छ उसको हालत ढाकाराम र मुकुल जस्तो भइदिन्छ । अनि तपाईंहरु हामीलाई लोकतन्त्र र कानूनी शासन सिकाउने रु रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो भन्न नपरोस् । तपाईंहरु फोकाहरु हो भन्न नपरोस् । ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर्नुहोस् । पहिला तपाईंले आफ्ना दागहरु सफा गर्नुहोस् ।’

सांसद बजगाईंले पलिहा आफूमाथि लागेका दागहरु सफा गर्न रास्वपालाई आग्रह गरे ।

प्रकाशित मिति २०८२ असार ३० गते सोमबार ०१:४८
हजुरको प्रतिक्रिया