२०८३ साउन २१ गते बिहीबार

वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै लगेका छौँः मन्त्री ठकुरी

वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै लगेका छौँः मन्त्री ठकुरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३१ गते मंगलबार १२:०२

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै सरकारले काम अघि बढाइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मन्त्रालयलाई...

 

काठमाडौं ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै सरकारले काम अघि बढाइरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मन्त्रालयलाई वन विकास विरोधी भनेर लाग्दै आएको आरोपहरूको समाधान केही हदसम्म गरेको बताए।

मन्त्री ठकुरीले विकासलाई सहजीकरण गर्दै मन्त्रालय अघि बढिरहेको बताए। देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भूमिका महत्वपूर्ण रहोस् भन्ने हिसाबले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएको बताए।

उनले भने, ‘वन तथा वातावरण मन्त्रालयमा सधैँ लाग्दै आएको वन विकास विरोधी, वनले खेप्दै आएका विभिन्न खाले आरोपहरूबाट हामीले धेरै हदसम्म समस्या समाधान गरेका छौँ। पुराना ऐनहरू छन्। त्यसलाई सुधार गर्दै समय सापेक्ष ऐन, नियमहरू ल्याइरहेका छौँ। विकासलाई सहजीकरण गर्दै हामी अघि बढिरहेका छौँ। देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसाबले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएका छौँ ।’

मन्त्री ठकुरीले जलविद्युत क्षेत्र नेपालको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको र यसको दिगो विकासका लागि सरकारले काम गरिरहेको बताए। विद्युतको सम्भावनालाई मूर्त रुप दिन सक्नु भनेको आर्थिक समृद्धिको मूल आधार तयार पार्नु रहेको उनले बताए।

प्रकाशित मिति २०८२ असार ३१ गते मंगलबार १२:०२
हजुरको प्रतिक्रिया