२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याएको स्वास्थ्यमन्त्री कृष्ण पाठकको दाबी

स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याएको स्वास्थ्यमन्त्री कृष्ण पाठकको दाबी

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असार ३१ गते मंगलबार ०८:०७

नागरिकको आकर्षिण बढेको भन्दै प्रदेश सरकारले आयुर्वेद अस्पताललाई स्तरोन्नती गरि रहेको उनले बताए ।

बागलुङ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याएको दाबी गरेका छन् ।

मंगलबार धौलागिरी आयुर्वेद अस्पताल बागलुङले आयोजना गरेको नागरिक आरोग्य अभियान तथा आर्थिक वर्ष २०८१/०८२ को समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर भएको मन्त्री पाठले बताए ।

जिल्ला तथा स्थानीय तह स्तरमा रहेका अस्पताललाई प्रदेशस्तरी बनाउनका साथै दक्ष जनशक्ति र आधुनिक उपकरणको व्यवस्थापन गरेको उनको भनाइ छ ।

पछिल्लो समय आयुर्वेदीक उपचारतर्फ नागरिकको आकर्षिण बढेको भन्दै प्रदेश सरकारले आयुर्वेद अस्पताललाई स्तरोन्नती गरि रहेको उनले बताए ।

आयुर्वेद उपचार पद्धतीलाई महत्व दिएर व्यवस्थित बनाउनका लागि लागि रहेको पाठकले बताए । आधुनिक मेडिकलको विकासले गर्दा आयुर्वेद उपचार ओझेलमा परेको भन्दै पछिल्लो समय यसको महत्वसमेत बढ्दै गएको उनले बताए ।

पछिल्लो समय धौलागिरी आयुर्वेद अस्पतालमा उपचार गर्ने बिरामीहरुको आकर्षण बढेको कार्यालय प्रमुख सरद पन्थीले जानकारी दिए । अस्पतालको व्यवस्थापन राम्रो भएपछि हरेक वर्ष बिरामी बढ्न थालेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार ३१ गते मंगलबार ०८:०७
हजुरको प्रतिक्रिया