थप २ हजार ५२५ जनामा संक्रमण पुष्टि
पाेखरा । देशभर पछिल्लो २४ घण्टामा थप ३५ जनाको काेराेना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।
यहि अवधीमा देशभर थप २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कुल ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति २०७८ भदौ ८ गते मंगलबार ०५:४०



