२०८३ असोज २५ गते आइतबार

संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे

संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०३:४३

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संस्कृति...

काठमाडौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।
बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको उल्लेख गरे ।
उनले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने जिकिर गरे ।
उनले संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उल्लेख गरे ।
आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उहाँले यस बीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको उनको भनाई छ ।
उनले नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल बनाउन आफू लागिपरेको पनि बताए ।
मन्त्री पाण्डेले भने, ‘संस्कृति एउटा अमूर्त विषय हो । तर यसै भित्र शक्ति छ, यसैभित्र प्राण छ । संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्व हो । यदी संस्कृति छैन भने त्यो समाज छैन भनेर बुझ्दा हुन्छ । त्यो समाजको पहिचान छैन भन्ने बुझ्दा हुन्छ । संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम छ । त्यो दुनियाँका लागि दर्शनीय छ । हाम्रो पर्यटन विविधतापूर्ण छ । नागरिक उड्डयन क्षेत्र छ । यो सरकारको एक वर्ष पुगेको छ । मैले यो बीचमा प्रकृति र संस्कृतिका विविधताको कुरा गरेको छु । संस्कृति र प्रकृतिलाई चलायमान बनाउने र यसको अधिकतम उपयोग गर्ने काममा लागेको छु । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल हुनुपर्छ भन्नेकुरा मैले स्पष्टताका साथ अघि बढाउनुपर्छ भन्नेगरी लागेको छु ।’
मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताए ।
मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको उनले उल्लेख गरे ।

 

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०३:४३
हजुरको प्रतिक्रिया