तनहुँ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष २०८२÷८३ का लागि ल्याएको बजेट पारित भएको छ ।
बुधबार बसेको १७ औं नगर सभाले १ अर्ब २८ करोड २८ लाख ८९ हजार ९९७ रुपैयाँको बजेट पारित गरेको हो ।
नगर सभा सुरुमा पेश गरिएको अनुमानित बजेटमा ३ करोड ५२ लाख ५६ हजार ३५ रुपैयाँ थप गरेर बजेट पारित गरिएको छ ।
असार ९ गते पेश गरिएको अनुमानित बजेट १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको थियो ।
भागबन्डमा मिलाउन बजेटको आकार बढेसँगै अस्वभाविक आन्तरिक आम्दानीको प्रक्षेपण गरिएको छ ।
बजेटमा भागबन्डा मिलाउन आन्तरिक आम्दानीमा ३ करोड ५२ लाख ५६ हजार ३५ रुपैयाँ बढाइएको हो ।
सुरुमा नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
अहिले २८ करोड ६२ लाख ८३ हजार ९६८ रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य छ ।
जबकी चालु आर्थिक वर्ष २०८१÷८२ मा शुक्लागण्डकीले १५ करोड रुपैयाँ आन्तरिक आम्दानीको प्रक्षेपण गरेकोमा मुस्किलले १३ करोड संकलन भएको छ ।
आगामी वर्षको बजेटमा चालुतर्फ ६६ करोड ६४ लाख २८ हजार ७४९ रुपैयाँ विनियोजन भएको छ ।
चालुमा कुल बजेटको ५१।९५ प्रतिशत हो ।
पुँजीगततर्फ ४८।०५ प्रतिशत बजेट विनियोजन भएको छ ।
पुँजीगतमा ६१ करोड ६४ लाख ६१ हजार २४८ रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले पूर्वाधार विकासतर्फ सडकमा मात्रै ७ करोड १२ लाख रुपैयाँ छुट्याएको छ ।
सिंचाईमा ७५ लाख रुपैयाँ, खानेपानीमा १ करोड २८ लाख रुपैयाँ, कृषि विकासमा १ करोड ३७ लाख ३० हजार रुपैयाँ, पर्यटन तथा सहकारीका लागि १९ लाख ५ हजार रुपैयाँ, पशु विकासमा ३६ लाख ५१ हजार रुपैयाँ, वन वातावरण तथा
विपद् समितितर्फ १ करोड ६२ लाख ८७ हजार ८०१ रुपैयाँ विनियोजन भएको छ ।
शिक्षातर्फ ४ करोड ३७ लाख ४५ हजार, लक्षित वर्गका लागि १ करोड ७७ लाख ९८ हजार २९७ रुपैयाँ, स्वास्थ्यमा १ करोड ६ लाख ६० हजार रुपैयाँ, आयुर्वेदमा ५ लाख ३० हजार ९४५ रुपैयाँ, युवा तथा खेलकुदमा २५ लाख १८ हजार २४३ रुपैयाँ विनियोजन भएको छ ।
सुशासनका लागि ९५ लाख ५० हजार रुपैयाँ र कर्मचारीको तलब सुविधामा १५ करोड ८१ लख ६१ हजार २६७ रुपैयाँ छुट्याइएको छ ।
१२ वटा वडाका योजनाका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ विनियोजन भएको हो ।
बजेटको आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ ।
राजस्व बाँडफाँड ११ करोड ९२ लाख ६७ हजार २९ रुपैयाँ, शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ रहेको छ ।
गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँट अन्तर्गत १ करोड ६१ लख १० हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।
घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूरक अनुदान २ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख रुपैयाँ, शशर्त अनुदान २ लाख रुपैयाँ र जनसहभागिता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०४:१२




