२०८३ असोज २५ गते आइतबार

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०४:३१

काठमाडौं । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकता प्रदान गरेको जसपा नेपालका प्रवक्ता मनिस सुमनले जानकारी दिए। गत ९ असारमै गरेको केन्द्रीय...

काठमाडौं ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकता प्रदान गरेको जसपा नेपालका प्रवक्ता मनिस सुमनले जानकारी दिए।

गत ९ असारमै गरेको केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको समर्थन फिर्ताको निर्णय गरेका थियो।

तर बीचमा सरकारसँग केही संवाद भएकाले समर्थन फिर्ताको निर्णयलाई औपचारिकता दिन ढिलाइ भएको थियो।

३० असारमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ प्रमखु घटक कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा अध्यक्ष उपेन्द्र यादवले केही सर्त अघि सारेका थिए।

तर ती सर्तमा सरकार सकारात्मक नदेखिएपछि प्रतिपक्षमा बस्ने निर्णयमा पुगिएको प्रवक्ता सुमनले बताए।

 

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०४:३१
हजुरको प्रतिक्रिया