पाेखरा। नेपाली लाेकदाेहाेरीकाे क्षेत्रमा चर्चा, रहस्य र प्रतिक्षाकाे पर्याय बनेकि छिन गायिका विष्णु माझी । हरेक बर्ष तिजमा घन्किने तिजे भाकाहरूमा विगत लामाे समयदेखि अलग्गै छाप छ गायिका माझिकाे ।
गायिका माझीले अहिले तीजको अवसर पारेर बजारमा ल्याएको तिज गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ चर्चाकाे शिखरमा छ ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणी अधिकारीको शब्द, संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव बि.कको कोरियोग्राफी छ । तीजको अवसर पारेर जथाभावी गीत सार्वजनिक भएको समयमा यो गीत मौलिक रहेको छ ।
विवाहित चेलिको वेदना प्रस्तुत गरिएको गीतमा खराव श्रीमान्का कारण चेलिले पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।
१८ अगष्टमा सार्वजनिक गीतले युट्युबमा अहिलेसम्म ३० लाखभन्दा बढी भ्यूज पाएको छ । सुजन शाहीको सम्पादन रहेको भिडियो शम्भु चालिसेले छायाँकन गरेका हुन् । तिजसम्मै याे गित चर्चामा रहने संगित विश्लेषकहरूकाे दावी छ ।
हेर्नुहाेस् भिडियाे
प्रकाशित मिति २०७८ भदौ ८ गते मंगलबार ०६:३८




