काठमाडौं ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताएकी छिन् ।
बुधबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन् ।
उनले प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन नसक्ने बताइन् ।
कर्मचारी व्यवस्थापनमा समस्या रहेको भन्दै उनले तीन तहका कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्ने दाबी गरिन् ।
जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने कुरामा आफ्नो प्राथमिकता रहने उनको भनाइ छ ।
मन्त्री न्यौैपानेले भनिन्, ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्छ । प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन सक्दैन । संघीयता सुदृढ हुन सक्दैन । कर्मचारी व्यवस्थापनमा समस्या छ । तीन तहका कर्मचारी व्यवस्थापनमा जुन प्रकारको समस्या छ, त्यो तीन तहको कर्मचारी व्यवस्थापनलाई सबैभन्दा पहिला ध्यान दिनुपर्छ भन्ने उद्देश्य छ । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्नुपर्छ भन्ने मेरो प्राथमिकता छ ।’
मन्त्री न्यौपानेले जनतालाई आभाष हुनेगरी आफूले कार्य सम्पादन गर्ने दाबी गरेकी छिन् ।
प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०९:१०




