२०८३ साउन २१ गते बिहीबार

तीन संसदीय समितिको बैठक आज बस्दै

तीन संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २ गते बिहीबार ०९:१९

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्ने छ ।
सो बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा दफावार छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्ने छ ।

सो बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा दफावार छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०९:१९
हजुरको प्रतिक्रिया