२०८३ साउन २१ गते बिहीबार

संसदीय अभ्यास नैराश्य र नकारात्मक भयोः सांसद नेम्वाङ

संसदीय अभ्यास नैराश्य र नकारात्मक भयोः सांसद नेम्वाङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २ गते बिहीबार ०३:२१

काठमाडौँ । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्य र नकारात्मकमा सीमित हुन थालेको बताएका छन्। बिहीवार सिंहदरबारमा नेपाल(बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले...

काठमाडौँ ।

नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्य र नकारात्मकमा सीमित हुन थालेको बताएका छन्।

बिहीवार सिंहदरबारमा नेपाल(बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले संसद्‌मा नैराश्य र नकारात्मक फैलाउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे। उनले संसद्‌बाट भइरहेका नकारात्मक र नैराश्य कुरा जनताले मूल्यांकन गरिरहेको पनि बताए।

कानूनलाई जीवन्त बनाउने काम सांसदहरूको भएको र सांसदहरूले कानूनलाई जीवन्त बनाउँदै जनतामा आशा जगाउनुपर्ने बताए। बेलायती संसद्‌का अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुरा मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षानुसार काम गर्दै जानुपर्ने बताए।

उनले भने, ‘यत्तिकै त नैराश्य र नकारात्मकताका हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ। महत्त्वपूर्ण कुरा जनताले स्पष्ट सुन्न पाउँदा राम्रो हुन्छ। कानूनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो। हुबहु लागू नहुन सक्छ तर उहाँहरूको ज्ञान र अनुभव लिइरहनुपर्छ।’

सांसद नेम्वाङले जनताको करबाट विदेश भ्रमण गर्ने र त्यसको उपलब्धि नहुने आरोप सांसदहरूमाथि लाग्ने गरेको भन्दै त्यसलाई चिर्न विदेशमा सिकेका कुरा स्वदेशमा लागू गर्न जरुरी रहेको बताए।

प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०३:२१
हजुरको प्रतिक्रिया