काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले वातावरणमैत्री विकास आवश्यक रहेको बताएका छन् ।
सिंहदरबारमा शुक्रवार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्यान दिनुपर्ने बताए । उनले नेपालले जलवायु परिवर्तनका निम्ति असर पर्ने काम कम गरेपनि त्यसको प्रत्यक्ष प्रभाव बढी व्यहोरिरहेको बताए । सडकमा उत्पन्न समस्याको समाधान कसरी गर्ने ? भन्नेमा अहिले केन्द्रित हुन जरुरी रहेको उनको जिकिर यो ।
सांसद बस्नेतले सरकारले कति गर्नसक्छ त्यति मात्रै गर्नुपर्ने बताउँदै लागू नहुने कुरा गरेर त्यसमै रमाएर बस्ने कुरा राम्रो नभएको उल्लेख गरे ।
प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार १०:४७