२०८३ असोज २४ गते शनिबार

विकासमा अवरोध हुनु हुँदैनः सांसद भण्डारी

विकासमा अवरोध हुनु हुँदैनः सांसद भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार १०:५५

काठमाडौं । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकास कुनैपनि नाममा अवरोध हुन नहुने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठक बस्दै उनले यस्तो बताएका हुन् । उनले विकासका नाममा विरोध गरेर मुलुक सधैँ...

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकास कुनैपनि नाममा अवरोध हुन नहुने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठक बस्दै उनले यस्तो बताएका हुन् । उनले विकासका नाममा विरोध गरेर मुलुक सधैँ नचल्ने बताएका छन् । मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो । उनले कुनैपनि कानूनी अल्झनको आधारमा विकासमा अवरोध हुन नहुने बताउँदै नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर तत्काल कानूनी दायरामा ल्याउन माग गरे ।

सांसद भण्डारीले विकासका काममा अवरोध गर्ने कार्यकर्तालाई त्यसो गर्न नदिने कानूनी व्यवस्था गर्नुपर्ने जिकिर गर्दै कानूनी रुपबाट मुलुकलाई सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार १०:५५
हजुरको प्रतिक्रिया