२०८३ साउन २१ गते बिहीबार

गृहमन्त्रीको दाबीः मुलुकको शान्ति सुरक्षा ठिक छ

गृहमन्त्रीको दाबीः मुलुकको शान्ति सुरक्षा ठिक छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार ०१:२६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताएका छन् । शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गृह मन्त्रालय मुलुकमा शान्ति...

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताएका छन् ।

शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिककोृ जिउ धनको रक्षा गर्ने काममा लागिरहेको बताए । उनले अपराधको न्युनिकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताए ।

शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ । अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरु पनि पक्राउ गरिरहेको बताए ।

गृहमन्त्री लेखकले भने, ‘मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ । हाम्रो गृह मन्त्रालयको जिम्मेवारीमा पहिलो जिम्मेवारी भनेकै मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्नेकुरा हो । नागरिकको जिउ र धनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो । अपराधको न्युनिकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो । मुलुकमा सुशासन स्थापना गर्ने, संविधान र कानूनको कार्यान्वयन गर्ने, गराउने लगायत विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम हुन् । त्यो हामीले गरिरहेका छौँ । शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल छ । एक वर्ष पहिलाको स्थिति हेर्ने हो भने शान्ति सुरक्षा राम्रो छ । अपराध नियन्त्रण गर्नेकुरामा हामी निरन्तर लागिरहेका छौँ । अपराध भइसकेपछि अपराधीलाई कानूनी दायरामा ल्याउने कुरामा हाम्रा सुरक्षा निकायहरुले राम्रोसँग काम गरिरहेका छन् । पछिल्लो समयमा हजुरहरुले हेर्नुभयो भने धेरै पुरानो पुरानो अपराधमा पनि संलग्न भएर फरार भएका मानिसहरु पक्राउ परेका छन् ।’

गृहमन्त्री लेखकले लगुऔषध न्युनिकरण, नियन्त्रण, निषेध गर्नेकुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताए । सडक दुर्घटनाको नियन्त्रण जरुरी रहेको बताए ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार ०१:२६
हजुरको प्रतिक्रिया