२०८३ साउन २१ गते बिहीबार

कुलिङ अफ पिरियडमा भएको तोडमोड अनुसन्धानका धेरै कामहरू सम्पन्न भइसके ः जीवन परियार

कुलिङ अफ पिरियडमा भएको तोडमोड अनुसन्धानका धेरै कामहरू सम्पन्न भइसके ः जीवन परियार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ४ गते शनिबार १२:४०

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरूलाई राखेर अनुसन्धान अघि बढाएको छ । सिंहदरबारमा शनिवार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज...

काठमाडौं ।

सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरूलाई राखेर अनुसन्धान अघि बढाएको छ ।

सिंहदरबारमा शनिवार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानबिन प्रक्रिया अघि बढाएको हो । बैठकपछि समितिका संयोजक जीवन परियारले आज १२ औँ दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३ औँ दिन भएको बताए ।

उनले विगतमा कसरी र के काम भए, बाँकी कामहरू कसरी अघि बढाउने, छानबिनका क्रमहरू कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिए । समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुपमा आजको बैठकदेखि समितिमै राखेर काम सुरु गरेको बताए ।

आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानबिनमा सहयोग गर्नका लागि बोलाइएको उनले बताए ।

उनले भने, ‘आज समितिको बैठक शुरु भएको १२ औं दिन हो । प्रतिनिधि सभाबाट समिति गठन भएको १३ औं दिन हो । १८ औं बैठक सम्पन्न गरिसकेका छौँ । विगतमा कामहरु कसरी अघि बढाएका थियौँ, बाँकी कामहरु कसरी अघि बढाउने, छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरेका छौँ । हामीले विज्ञहरुको पनि निर्णय लिनेगरी काम अघि बढाएका छौँ । जसमा समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजदेखि समितिमै बस्नेगरी तयारी गरेका छौँ । महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता आउनुभएको छ भने एक जना उपन्यायाधिवक्तासमेत हाम्रो बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग पु¥याउन आग्रह गरेका थियौँ । सोही बमोजिम उहाँहरु आजको बैठकमा सहभागी हुनुहुन्छ । छलफल जारी छ, सोधपुछ भइरहेको छ । धेरै कामहरु सम्पन्न गरिसकेको अवस्था छ ।’

उनले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरू सम्पन्न भइसकेको अवस्था रहेको बताए । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार १२:४०
हजुरको प्रतिक्रिया