२०८३ साउन २१ गते बिहीबार

नेपाल समाजवादी पार्टी नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने

नेपाल समाजवादी पार्टी नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ४ गते शनिबार ०३:१३

काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताए । उनले यसअघि...

काठमाडौ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताए ।
उनले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गरे ।
उनले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए ।
प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको उनको भनाई छ ।
उनले भने , ‘हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ । प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो । जनताको मुद्दाहरु हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो । तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ । अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौँ । ०८४ को निर्वाचन आउन करिव डेढ वर्ष बाँकी छ । पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर हामी अघि बढिरहेका छौँ । पार्टीको आन्तरिक शक्ति सुदृढिकरण गर्ने काममा हामी लागेका छौँ ।’
उनकाअनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढिकरण, विस्तार गरिरहेको छ ।

 

प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार ०३:१३
हजुरको प्रतिक्रिया