२०८३ साउन २१ गते बिहीबार

घान्द्रुक, सिक्लेस र ताङतिङ सडकमा राति सवारी आवागमनमा प्रशासनको प्रतिबन्ध

घान्द्रुक, सिक्लेस र ताङतिङ सडकमा राति सवारी आवागमनमा प्रशासनको प्रतिबन्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ५ गते आइतबार ०३:१८

पोखरा । कास्कीका पर्यटकीय गाउँहरु घान्द्रुक, सिक्लेस र ताङतिङ जाने सडकमा रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ । बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन...

पोखरा ।

कास्कीका पर्यटकीय गाउँहरु घान्द्रुक, सिक्लेस र ताङतिङ जाने सडकमा रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ ।

बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त गन्तव्यमा जाने मोटरबाटो बाढी र पहिरोको जोखिम भएकाले रातको समय सवारी चलाउन रोक लगाएको कास्कीकी सिडिओ रुद्रादेवी शर्माले बताइन् ।

उनका अनुसार कास्कीको विरेठाँटीदेखि उल्लेरी, घान्द्रुक, लुम्लेदेखि लान्द्रुक, पोखराको काहुँखोलादेखि सिक्लेस र ताङतिङ जाने बाटो निगरानीमा राखिएको छ।

यी सडकबाट जाने सवारी साधन गन्तव्यका लागि साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ।

पर्यटकीय गाउँहरु घान्द्रुक, सिक्लेस, ताङतिङ र लान्द्रुकबाट पोखरा वा अन्य गन्तव्यमा जाने सवारी पनि साँझ ५ बजेभित्र छुटिसक्नुपर्ने प्रशासनले जनाएको छ ।

कास्कीका जिल्ला समन्वय समितिदेखि सुरक्षा निकाय, यातायात व्यवसायी लगायतसँग बैठक राखेर ७ देखि १५ दिनका लागि यी गन्तव्यमा जाने सडकमा राती सवारी चलाउन रोक लगाएको हो ।

मनसुनमा आउने बाढी र पहिरोले जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्ने भन्दै सिडिओ शर्माले डोजरसहित इञ्जिनियरलाई अलर्ट राख्न सडक डिभिजन कार्यालय पोखरा र हेभी इक्विपमेन्ट डिभिजन पोखरालाई निर्देशन दिएकी छिन् ।

प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०३:१८
हजुरको प्रतिक्रिया