२०८३ कात्तिक १० गते सोमबार

नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री पौडेल

नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ६ गते सोमबार ०३:०९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई स्थानीय तहमै गुणस्तरीय, आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । स्वास्थ्य मन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा...

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई स्थानीय तहमै गुणस्तरीय, आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

स्वास्थ्य मन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शैय्याका आधारभुत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तिब्रता दिइएको जानकारी गराए । यसलाई व्यवस्थित गर्न स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१)” र “आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१” जारी गरिएको उनको भनाइ छ । गत वर्ष ६ अर्ब २२ करोड बजेट निकासा गरिएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भएका र पहिलो चरणमा ५५ वटा आधारभुत अस्पताल सञ्चालन गर्ने तयारी रहेको समेत उनले बताएका छन् । नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब बजेट सुनिश्चित गरिएको बताउँदै उनले “निरोगी नेपाल” को अवधारणालाई सार्थक बनाउन र नसर्ने रोगहरूको बढ्दो भारलाई न्युनिकरण गर्न हरेक वर्षको फाल्गुण महिनालाई “नसर्ने रोग परीक्षण महिना” का रूपमा मनाउने अभियान शुरु गरिएको बताए ।

पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीहरूलाई जोगाउन राष्ट्रव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरिएको उनको जिकिर थियो ।

प्रकाशित मिति २०८२ साउन ६ गते सोमबार ०३:०९
हजुरको प्रतिक्रिया