२०८३ असोज २५ गते आइतबार

राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला

राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०२:५४

काठमाडौ । नेपाली काँग्रेसका सांसद डा। शशांक कोईरालाले राजनीतिमा उत्तारचढाव आइरहने भन्दै त्यसमै रमाउन सक्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा विपी आत्मवृतान्तका कथा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा...

काठमाडौ ।

नेपाली काँग्रेसका सांसद डा। शशांक कोईरालाले राजनीतिमा उत्तारचढाव आइरहने भन्दै त्यसमै रमाउन सक्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा विपी आत्मवृतान्तका कथा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा हुने उत्तारचढावमा रमाउनसक्नेले नै राजनीति गर्न उचित हुने उल्लेख गरे।

आफू चिकित्सक भएपनि अहिले राजनीतिमा रहेको र यसमै रमाइरहेको नेता कोइरालाले बताए।

राजनीतिमा एउटा सोचे भन्दा फरक भइदिने उनले बताए।

कोइरालाले भने, ‘मान्छेहरू मलाई सोध्छन्, डाक्टर मान्छे, राजनीति गर्दैछौ, रमाइरहेका छौ रु म के भन्छु भने डाक्टरमा आफ्नो विज्ञान हुन्छ, आफ्नो हात हुन्छ अपरेशन गर्दा । राजनीतिमा सबै अन्योल हुन्छ ।

आफूले सोचेको एउटा बाटोमा त जान्छ, हुन्छ अर्को बाटो । जसले त्यो रमाउन सक्छ त्यसले राजनीति गर्नुपर्छ । हाम्रो बाटो त यो हो तर त्यहाँ गइसकेपछि अर्को बाटो आउँछ र त्यसैमा रमाउनुपर्छ ।’

सांसद कोइरालाले आफूले पनि पुस्तक लेख्ने प्रयास गरिरहेको बताए।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०२:५४
हजुरको प्रतिक्रिया