२०८३ साउन २१ गते बिहीबार

महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी

महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०४:०५

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई नेपालमै रोजगारी दिन आवश्यक रहेको बताएका छन् । मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यसमा मन्त्री...

काठमाडौ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई नेपालमै रोजगारी दिन आवश्यक रहेको बताएका छन् ।
मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यसमा मन्त्री एक्लैले नसक्ने भन्दै सबै मिलेर वृहत कार्ययोजनासहित काम गर्नुपर्ने उल्लेख गरे ।
उनले महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पाउने बताए ।
विदेशमा श्रम गर्न गएका महिलाको समस्या समाधानमा सरकारले काम गरिरहेको उनको भनाई छ ।
उनले समस्यामा परेका नागरिकको उद्धारमा सरकारले सधैँ प्राथमिकताका सथ काम गरिरहेको बताए ।
उनले भने , ‘मन्त्री एक्लैले केही गर्न सक्दैन । तपाईंहरु मिलेर वृहत गर्न सक्नुहुन्छ । महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पायो भने बाहिर जाँदैन । जो महिला विदेशमा श्रम गर्न जानुभएको छ । उहाँहरुलाई कठिनाइ भएको छ भने तपाईंहरुले जानकारी दिनुभयो भने त्यमसा दत्तचित्त भएर उहाँहरुको उद्धारको लागि लाग्नेछौँ । हुनतः यो काम श्रम, रोजगार मन्त्रालयको हो । तर महिला दिदिबहिनीको लागि मन्त्रालय सदैव तयार रहन्छ ।’
मन्त्री सुडीले विदेशमा रहेका महिलाहरुको उद्धार, व्यवस्था र सुरक्षित गर्न सरकार सदैव तयार रहेको बताए ।

 

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०४:०५
हजुरको प्रतिक्रिया