२०८३ असोज २५ गते आइतबार

रोजगारीका क्रममा महिला श्रमीकलाई धेरै समस्या छन्ः सचिव बस्नेत

रोजगारीका क्रममा महिला श्रमीकलाई धेरै समस्या छन्ः सचिव बस्नेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०४:०९

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिला श्रमीकले देशभित्र वा बाहिर रोजगारको क्रममा विभिन्नखाले समस्या भोग्नु परिरहेको बताएकी छिन् । मंगलवारको महिला तथा सामाजिक मामिला समितिको...

काठमाडौ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिला श्रमीकले देशभित्र वा बाहिर रोजगारको क्रममा विभिन्नखाले समस्या भोग्नु परिरहेको बताएकी छिन् ।
मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले महिला श्रमीकहरुले श्रम गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परेकाले त्यसलाई हटाउन जरुरी रहेको उल्लेख गरिन् ।
रोजगारीका लागि महिलाहरु विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम रहेको उनको भनाई छ ।
सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको पाइएको उनले बताईन् ।
उनले भनिन, ‘जुनसुकै अवस्थामा चाहे त्यो देशभित्र होस् वा बाहिर जुनसुकै अवस्थामा पनि रोजगार गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परिरहेको छ । यसमा विशेष गरेर वैदेशिक रोजगारीमा हेर्ने हो भने रोजगारीको सिलसिलामा हेर्ने हो भने रोजगारीका लागि महिलाहरु विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम भएको देखिन्छ । सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको देखिन्छ । यसले हाम्रो सामाजिक संरचनामा नै असर पारेको छ । श्रम स्वीकृति नलिइ गैरबाटोबाट विदेश जाने महिलाको स्वदेश फिर्ता गराउने अवस्था कठिन बनेको छ ।’
सचिव बस्नेतले श्रम स्वीकृति नलिइ गैरबाटोबाट विदेश जाने महिलाको स्वदेश फिर्ता गराउने अवस्था कठिन बनिरहेको बताईन् ।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०४:०९
हजुरको प्रतिक्रिया