२०८३ साउन २१ गते बिहीबार

वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै

वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०४:१५

काठमाडौ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व.०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताए । मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...

काठमाडौ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व.०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताए ।
मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको उल्लेख गरिन् ।
महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको उनको भनाई छ ।
उनले अवैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताए ।
उनले भने , ‘आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको अवस्था पाउँछौँ । महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको छ । कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइएको छ । सुरक्षा चुनौतिका कारण तर अवैध बाटो हुँदै जानुभएको छ । विदेशमा श्रम स्वीकृति लिएरै काम गर्न जाने भएपनि महिला श्रमीक नपठाउने भनेका देशहरुमा पनि महिला श्रमीक गएको र विभिन्न समस्या आएको छ । वैधानिक बाटोबाट नजाँदा विभिन्न समस्या आउनसक्छन् । सरकारले जुनसुकै कुनामा गएर अलपत्र परेको नेपालीलाई उद्धार गरेर ल्याइरहेको छ ।’
पछिल्लो समयमा संस्थागत रुपले जाने भन्दा व्यक्तिगत रुपमा जाने दर बढिरहेको उनले बताए । उनले संस्थागत भन्दा व्यक्तिगत रुपमा जाने श्रमीकहरु बढी ठगिरहेको उल्लेख गरे ।

 

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०४:१५
हजुरको प्रतिक्रिया