२०८३ साउन २१ गते बिहीबार

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ८ गते बुधबार ११:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको समेत बताए । उनले चुनौति आउँदैमा पलयन नै हुनुपर्ने भन्ने नरहेको बताउँदै चुनौतिको सामना गर्दै उद्देश्य अनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने बताए । आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्नु उचित हुने उनको भनाइ छ । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताए । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउनसक्ने उनको जिकिर थियो ।

अध्यक्ष नेपालले समाजको परिवर्तन र रुपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरुको काँधमा रहेको बताउँदै समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै आफूहरुको काँधमा रहेको समेत उल्लेख गरे ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ११:४४
हजुरको प्रतिक्रिया