२०८३ असोज २५ गते आइतबार

संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष प्रचण्ड

संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ८ गते बुधबार ०३:२१

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

काठमाडौ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो भनेर समीक्षा गर्ने बेला भएको उल्लेख गरे ।

उनले संविधान कार्यान्वयन कस्तो रह्यो भनेर समीक्षा गर्नुपर्ने जरुरी रहेको र समीक्षापछि मात्रै संशोधन र परिमार्जनको प्रक्रियामा जान जरुरी रहेको जिकिर गरे ।

आफू नै गणतन्त्रको पिता भएकाले गणतन्त्र जन्माउने व्यक्तिलाई गणतन्त्रको सबैभन्दा बढी चिन्ता, चासो र जवाफदेही हुने उनको धारणा छ ।

गणतन्त्रमाथि प्रश्न उठेपछि अभियान चल्दाचल्दै पनि काठमाडौं आएर जनप्रदर्शन गरेको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो, सकिएन समीक्षाको बेला आएको छ । हामीले संविधान कति राम्रोसँग कार्यान्वयन गर्न सकियो, सकिएन, त्यसको पनि समीक्षाको बेला आएको छ । हामी पहिला त समीक्षा गरौँ त्यसपछि संशोधन र परिमार्जनको प्रक्रियामा लैजाऔँ । यसमा पनि सबै बुद्धिजीवि, नेता, कार्यकताहरु र राजनीतिक दलको ध्यान जाओस् ।’

अध्यक्ष प्रचण्डले कुनैपनि राजनीतिक दलबाट महिला अघि आउने कुरा आफ्नो लागि खुशीको कुरा भएको बताए ।

महिला,दलित, आदिवासी, जनजाति, थारुले पाएको अधिकारमा इतिहासले सम्मान गरिसकेको उनको भनाई छ ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ०३:२१
हजुरको प्रतिक्रिया