२०८३ साउन २१ गते बिहीबार

उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो

उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ८ गते बुधबार ०४:१२

काठमाडौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले...

काठमाडौ ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेण्टतिर भड्किरहेको जिकिर गरे ।

नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा जीवनभरी कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन र संघर्ष गर्ने व्यक्तित्वको रुपमा पुष्पलाललाई लिनुपर्ने पनि उनको धारणा छ ।

उनले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गर्दै कम्युनिष्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी गरे ।

उनले अहिलेसम्म पनि कम्युनिष्टमा षड्यन्त्र गर्नेकुराको अन्त्य हुन नसकेको बताए ।

अध्यक्ष यादवले भने, ‘नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा जीवनभरी कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवनर संघर्ष गर्ने व्यक्तित्वको रुपमा पुष्पलाललाई लिनुपर्छ । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव तर बिडम्वना के छ भने २००६ सालमा कलकतामा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरु पार्टीमा घुसे । २००८ सालमै पार्टीको महासचिवबाट हटाइयो । भनेपछि षड्यन्त्र त कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ । जो अहिलेसम्म अन्त्य भएको छैन । नेपालमा कम्युनिष्ट आन्दोलन करिव करिव समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिष्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेण्टतिर भड्किरहेको देख्छु ।’

अध्यक्ष यादवले एक समय सत्तापक्षमा, प्रतिपक्षमा र जंगलमा समेत कम्य्ुनिष्ट रहेको टिप्पणी गरे ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ०४:१२
हजुरको प्रतिक्रिया