२०८३ साउन २१ गते बिहीबार

रास्वपालाई कांग्रेसले भन्योः भिजिट भिसाबाट आउनेहरूले भिजिट भिसाबारे धेरै चिन्ता गर्नुपर्दैन

रास्वपालाई कांग्रेसले भन्योः भिजिट भिसाबाट आउनेहरूले भिजिट भिसाबारे धेरै चिन्ता गर्नुपर्दैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार ०२:५८

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसामा विदेश गएर त्यहीँको नागरिकता लिएर बसेको मानिस नेपाल आएर उपप्रधानमन्त्रीसम्म बनेको भन्दै रास्वपालाई भिजिट भिसाप्रति धेरै चिन्तित नहुन आग्रह गरेका छन्। शुक्रवारको...

काठमाडौं ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसामा विदेश गएर त्यहीँको नागरिकता लिएर बसेको मानिस नेपाल आएर उपप्रधानमन्त्रीसम्म बनेको भन्दै रास्वपालाई भिजिट भिसाप्रति धेरै चिन्तित नहुन आग्रह गरेका छन्।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

दुई महिनादेखि भिजिट भिसाको नाममा संसद अवरोध गर्दै आएको रास्वपा र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले भिजिट भिसाकै कारण अहिलेको उपलब्धि प्राप्त गर्नेहरूले धेरै चिन्ता गर्न नसुहाउने बताए।

भिजिट भिसामा जाने, उतैको नागरिकता लिने, उतै घरजम गर्ने र स्वदेश फर्किएर दुई, चार वटा काण्ड मच्चाएपछि पनि देशको उपप्रधानमन्त्री बन्ने काम रास्वपाबाटै भएको जिकिर गरे। रास्वपामा धेरै नेता र सांसदहरू भिजिट भिसाबाटै अहिलेको स्थितिमा आएको दाबी गरे।

प्रमुख सचेतक घिमिरेले भिजिट भिसामा गएर बाहिरकै पासपोर्टले नेपालमा आएर देशको उपप्रधानमन्त्रीसम्म बनेको भन्दै यसबारे धेरै चिन्तित नहुन रास्वपालाई आग्रह गरे।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०२:५८
हजुरको प्रतिक्रिया