२०८३ असोज २५ गते आइतबार

कसैले चाहँदैमा मेरो पार्टी सदस्यता खारेज हुँदैनः विद्या भण्डारी

कसैले चाहँदैमा मेरो पार्टी सदस्यता खारेज हुँदैनः विद्या भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार ०४:३९

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेका विषय विवादको विषय नै नभएको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफूले विधिपूर्वक नै पार्टी सदस्यता नवीकरण गरेकाले यसलाई...

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेका विषय विवादको विषय नै नभएको बताएकी छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफूले विधिपूर्वक नै पार्टी सदस्यता नवीकरण गरेकाले यसलाई विवादको विषय बनाउनै नपर्ने बताएका हुन्।

एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नै नभएको ठहर गरेपछि उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

‘पार्टी केन्द्रीय कमिटी अघि अध्यक्षसँग मैले विधिवत् ढंगले नै पार्टी सदस्यता नवीकरण गरेको र त्यसैका आधारमा राजनीतिमा सक्रिय भएको बताएको थिएँ । यसको भोलिपल्ट केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नभएको भनेर गरेको निर्णय विज्ञप्तिबाट थाहा पाएँ’, भण्डारीले भनिन्, ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यो विवादमा पार्ने विषय नै होइन।’

अन्तिममा पत्रकारहरूले राखेको जिज्ञासामा भण्डारी थप कडा रुपमा प्रस्तुत भइन् । उनले एमाले अध्यक्ष केपी ओलीतिर इंगित गर्दै भनिन्, कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खारेज हुँदैन।

 

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०४:३९
हजुरको प्रतिक्रिया