२०८३ असोज २५ गते आइतबार

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १२ गते आइतबार ०३:२१

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी नाउपाको कार्यवाहक अध्यक्ष शिव बास्तोला भएका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्। आफूले बास्तोलालाई शनिबार नै कार्यवाहक अध्यक्षको...

काठमाडौ ।

नागरिक उन्मुक्ति पार्टी नाउपाको कार्यवाहक अध्यक्ष शिव बास्तोला भएका छन्।

अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्।

आफूले बास्तोलालाई शनिबार नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन्।

विधानमा अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने अधिकार रहेकोले त्यसअनुसार कार्यवाहक अध्यक्ष तोकिएको उनको भनाइ छ।

बास्तोला पोखराका हुन् ।

नाउपाका नेताका अनुसार नाउपा गठन हुँदा निर्वाचन आयोगमा बुझाएको २१ सदस्यीय केन्द्रीय समितिमा भने बास्तोलाको नाम छैन। ‘त्यसैले निर्वाचन आयोगले बास्तोलालाई चिन्दैन,’ ती नेताले भने।

बास्तोला अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीनिकट मानिन्छन्।

अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी थिइन्।

उनीसँग हालै अख्तियारले बयान पनि लिएको थियो।

प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ०३:२१
हजुरको प्रतिक्रिया