२०८३ असोज २५ गते आइतबार

वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग

वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १२ गते आइतबार ०३:२३

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छिन्। राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो टिप्पणी...

काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छिन्।

राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो टिप्पणी गरेकी हुन्। राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

उनले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन्।

उनले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरुले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाइन्।

सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन्।

उनले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गरिन्।

प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ०३:२३
हजुरको प्रतिक्रिया