२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : शुक्रबार थप २५ जनाले ज्यान गुमाए

काेराेना अपडेट : शुक्रबार थप २५ जनाले ज्यान गुमाए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ११ गते शुक्रबार ०४:४४

पाेखरा ।  देशभर पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको...

पाेखरा ।  देशभर पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, याे अवधीमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०४:४४
हजुरको प्रतिक्रिया