२०८३ साउन २१ गते बिहीबार

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १३ गते सोमबार ०१:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्। ग्लोबल नेपालीद्वारा अमेरिकाको न्युयोर्कमा...

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्।

ग्लोबल नेपालीद्वारा अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहकाबीच राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप उनीहरूलाई सम्मान प्रदान गरिएको हो।

ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर ती व्यक्तिहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ। उक्त अवार्ड ग्रहण गरेपछि शाहीले यो अवार्ड सम्पूर्ण देश(विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता रहेको बताए।

अवार्ड ग्रहणपछि शाहीले भने, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश(विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु।’

कुलमान घिसिङले पनि अवार्ड पाएकोमा आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०८२ साउन १३ गते सोमबार ०१:०८
हजुरको प्रतिक्रिया