२०८३ असोज २५ गते आइतबार

नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल

नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १३ गते सोमबार ०४:४९

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताएका छन् । अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...

काठमाडौ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताएका छन् ।
अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रमा सुधार भएपनि पूर्ण रुपमा सुधार नभएको जिकिर गरे ।
उनले आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसालाई सरकारले उपलब्ध गराइदिनुपर्ने बताए ।
उनले आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न नसकेको स्वीकार गरे ।
उनले ।पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न थप लगानी जरुरी रहेको बताए ।
स्वास्थ्य यस्तो संवेदनशील क्षेत्रबाट राज्य पन्छिन नमिल्ने उनको भनाई छ ।
मन्त्री पौडेलले भने , ‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी छ । पूर्णतातर्फ लिएर जान जरुरी छ । स्वास्थ्य क्षेत्रमा सुधार नभएको होइन तर पूर्ण रुपमा सुधार हुन सकेको छैन । यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ । हाम्राबारेमा प्रशस्त टिकाटिप्पणी भइरहेको छ । आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसा, सरकारले त्यो सेवा उपलब्ध गराइदिनुपर्छ भन्ने मान्यता स्वभाविक छ । त्यो स्वभाविक मान्यताको आधारमा नेपालको संवैधानिक व्यवस्थाका आधारमा, हामीले बारम्बार व्यक्त गरेका प्रतिवद्धताका आधारमा हामीले आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न सकिरहेका छैनौँ । पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न हामीले थप लगानी गर्न जरुरी छ । स्वास्थ्य यस्तो संवेदनशील क्षेत्र हो त्यसबाट राज्य पन्छिन सक्दैन ।’
मन्त्री पौडेलले अस्पताल सुधारका निम्ति योजनावद्ध भएर काम गर्नुपर्ने बताए ।
उनले आवश्यक स्वास्थ्य जनशक्ति मन्त्रालयले उपलब्ध गराउने पनि प्रतिवद्धता जनाए ।

प्रकाशित मिति २०८२ साउन १३ गते सोमबार ०४:४९
हजुरको प्रतिक्रिया