२०८३ साउन २१ गते बिहीबार

संघीय लोकतान्त्रिक मोर्चाले ८ जिल्लामा तय गरेका कार्यक्रमका लागि संयोजक तोक्यो

संघीय लोकतान्त्रिक मोर्चाले ८ जिल्लामा तय गरेका कार्यक्रमका लागि संयोजक तोक्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १४ गते मंगलबार ०९:३२

संयोजक तोकिएका पार्टीहरुले नै कार्यक्रमको अध्यक्षता गर्ने सहमति भएको पनि जनता समाजवादी पार्टी, नेपालका महासचिव रामकुमार शर्माले बताए ।
उनकाअनुसार ८ जिल्लामा संघीय लोकतान्त्रिक मोर्चाबाट कार्यक्रम तय भएको र काठमाडौंमा लोकतान्त्रिक समाजावादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्ने भएका छन् ।

काठमाडौं ।

संघीय लोकतान्त्रिक मोर्चाले ८ जिल्लामा निर्धारित गरिएका कार्यक्रम सञ्चालनका लागि संयोजक पार्टी तोकेको छ ।

सोमबार सिंहदरबारमा बसेको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रिय मुल समितिको बैठकले ८ जिल्लामा मोर्चाबाट गर्ने भनेका कार्यक्रमहरुका लागि संयोजक पार्टीहरु तोकेको हो ।

संयोजक तोकिएका पार्टीहरुले नै कार्यक्रमको अध्यक्षता गर्ने सहमति भएको पनि जनता समाजवादी पार्टी, नेपालका महासचिव रामकुमार शर्माले बताए ।

उनकाअनुसार ८ जिल्लामा संघीय लोकतान्त्रिक मोर्चाबाट कार्यक्रम तय भएको र काठमाडौंमा लोकतान्त्रिक समाजावादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्ने भएका छन् ।

त्यस्तै भैरहवामा नागरिक उन्मुक्ति, विराटनगरमा जसपा, नेपाल, राजविराजमा राष्ट्रिय मुक्ती पार्टी, जनकपुरमा तमलोपा, वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालगञ्जमा जनता प्रगतिशिल पार्टी र जसपा, नेपालले कार्यक्रमको संयोजन गर्नेछ ।

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कार्यक्रमको तयारी र संयोजन गर्ने उनले बताए । बैठकमा तराईमा खडेरीको समस्याबारे पनि छलफल भएको उनको भनाइ छ ।

उनले भने, ‘संघीय लोकतान्त्रिक मोर्चाको बैठक भएको हो । सबै घटकका अध्यक्षज्युहरु उपस्थित हुनुहुन्थ्यो । हामीले ८ जिल्लामा संघीय लोकतान्त्रिक मोर्चाबाट कार्यक्रम तय गरेका छौँ । त्यसैको बारेमा तयारीबारे छलफल भयो । कुन ठाउँमा कुन पार्टीले मुख्य रुपमा संयोजन गर्ने त्यसबारे छलफल भएको छ । काठमाडौंमा सामुहिक रुपमा गर्ने हाम्रो सचिवालयले भन्ने सहमति भएको छ । यसको अध्यक्ष लोसपाको अध्यक्षजीले, भैरहवामा नागरिक उन्मुक्ति, विराटनगरमा जसपा, नेपाल, राजविराजमा राष्ट्रिय मुक्ति पार्टी, जनकपुरमा तमलोपा, वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालगञ्जमा जनता प्रगतिशिल पार्टी र जसपा, नेपालले कार्यक्रमको संयोजन गर्नेछ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कार्यक्रमको तयारी र संयोजन गर्नुहुन्छ । तराईमा पानीको समस्या छ । यो सरकारद्वारा नै सिर्जित समस्या हो ।’
मोर्चाले सरकारलाई चुरे वन संरक्षणमा गम्भीर बन्न सुझाव दिएको छ ।

तत्काल राहत दिने र तराईमा दीर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेको छ ।

तत्कालको लागि सिंचाईका लागि डिप बोरिङको व्यवस्था गर्न, कृषि ऋणको व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति २०८२ साउन १४ गते मंगलबार ०९:३२
हजुरको प्रतिक्रिया