२०८३ साउन २१ गते बिहीबार

सरकार स्थिरता कायम राख्न सफल भएको परराष्ट्रमन्त्री राणाको दाबी

सरकार स्थिरता कायम राख्न सफल भएको परराष्ट्रमन्त्री राणाको दाबी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १५ गते बुधबार ०४:३९

पोखरा । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार स्थिरता कायम गर्न सफल भएको बताएकी छन् । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्टको आज शुभारम्भ कार्यक्रममा उनले दुइ दलको समिकरणले देशलाई अगाडी बढाउन...

पोखरा ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार स्थिरता कायम गर्न सफल भएको बताएकी छन् ।
पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्टको आज शुभारम्भ कार्यक्रममा उनले दुइ दलको समिकरणले देशलाई अगाडी बढाउन सफल भएको बताएकी हुन् ।
देउवा र ओलीको लिडरसिपले नै राष्ट्रिय जगतमा पत्याउने वातावरण बनेको राणाको भनाई थियो ।
उनले नेपाललाई हेर्ने नजर सकारात्मक बनेको जिकिर गरिन् ।
नेपालमा केही भएन भन्ने नकारात्कक सोँच बनेको भन्दै राणाले नेपालमा धेरै विकास र परिवर्तन भएको बताईन् ।
विदेशमा श्रम गर्नु भन्दा आफ्नै देशमा इज्जतका साथ काम गर्न उनले युवाहरुलाई आग्रह गरिन् ।
पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिईन् ।
जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नेगरी सहकार्य र समन्वयमार्फत दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने उनको धारणा थियो ।
जैविक विविधताको संरक्षणका लागि नेपालले महत्त्वपूर्ण योगदान गरिरहेको उनले बताईन् ।

प्रकाशित मिति २०८२ साउन १५ गते बुधबार ०४:३९
हजुरको प्रतिक्रिया