काठमाडौं ।
संघीय संसदअन्तर्गत आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
जसमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाबारे छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्नेछ ।
सो समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल हुने जनाइएको छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
त्यसैगरि दिउँसो साढे २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०९:२६




