काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज नेताहरूले बोल्ने क्रम जारी रहने भएको छ ।
आजको बैठकमा नेताहरुले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्दैछन् ।
हरेक सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले नेताहरू कम्युनिष्ट पार्टीको सिद्धान्तअनुसार नचलेको भन्दै असन्तुष्टि जनाएका थिए ।
उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा नेतृत्वमाथि आलोचना गरेकोमा असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले शर्मालाई महाधिवेशनमार्फत नेतृत्व फेर्न चुनौती समेत दिएका छन् ।
प्रचण्डले पछिल्ला राजनीतिक घटनालगायत पार्टीको आगामी रणनीति र एकीकृत समाजवादीसँगको एकताबारे पनि जानकारी गराए ।
शर्माले सार्वजनिकरूपमा दिएका अभिव्यीक्तबारे बैठकमै प्रष्टीकरण दिने तयारी गरेका छन् ।
प्रकाशित मिति २०८२ साउन १८ गते शनिबार ०९:३६