२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै

मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १९ गते आइतबार १२:२६

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आईतवार ९आज० पदबाट राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौंमा उपचाररत रहेकाले प्रक्रिया...

बागमती ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आईतवार ९आज० पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौंमा उपचाररत रहेकाले प्रक्रिया केही ढिला हुनसक्ने देखिएको हो ।

प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ । तर उनी समयमै नफर्किए राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री लामामाथि राजीनामाको दबाब नेपाली काँग्रेस वागमती प्रदेश संसदीय दलको नेतामा भएको निर्वाचनमा पराजित भएपछि आएको हो । उनले उक्त निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । लामाको राजीनापछि वागमती प्रदेशको नयाँ मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ हुने निश्चित जस्तै छ ।

प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा काँग्रेस र नेकपा एमालेबीच एक वर्षअघि भएको सहमतिअनुसार बानियाँले आगामी आठ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रकाशित मिति २०८२ साउन १९ गते आइतबार १२:२६
हजुरको प्रतिक्रिया