काठमाडौं ।
सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताएका छन्।
सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी भइ आइतवार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गराएका हुन्।
उनले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए।
त्यसबारे पनि सम्मेलनमा छलफल भएको उनले जानकारी दिए।
अन्तर व्यवस्थापिक संघ आइपियुका अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक क्षेत्रको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको उनले बताए।
अन्तर व्यवस्थापिका संघ ९आइपियु० र संयुक्त राष्ट्रसंघ ९युएन०द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गरेका थिए ।
सम्मेलनका दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका थिए।
प्रकाशित मिति २०८२ साउन १९ गते आइतबार ०३:१०




