गाली गर्नैछ भने त शब्दकोषबाट शब्द खोजि खोजि गरे हुन्छ
काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिव्यक्त गरेका कुराहरुको भुक्तानी कुनैपनि समयमा दिन आफू तयार रहेको बताएका छन् ।
आईतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले भनेका कुनैपनि कुराहरु गलत भए तत्काल भुक्तानी दिने उल्लेख गरे ।
उनले सरकारको परिभाषा बदल्नुपर्ने जरुरी रहेको बताए ।
सरकार शासक नभइ व्यवस्थापक र सेवक भएको उनले जिकिर गरे ।
उनले देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताए ।
उनले सरकार जनता र देशप्रति उत्तरदायी मात्रै नभइ जिम्मेवारसमेत बन्नुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने , ‘गभर्मेण्ट भन्नेकुराको परिभाषा बदल्नुपर्छ । गभर्मेण्ट शासक होइन, व्यवस्थापक हो र सेवक हो । देशमा सुशासन र विकास दिने काम सरकारको हो । त्यसको बन्दोबस्त गर्ने काम सरकारको हो । एउटा जिम्मेवार सरकार जनताप्रति उत्तरदायी मात्रै होइन जिम्मेवार हुन्छ । कर्तव्यबाट निर्देशित सरकार जिम्मेवार हुनुपर्दछ । सरकारमा जो छ उनीहरुमा कर्तव्यबाट जिम्मेवार हुनुपर्छ र उनीहरुले देश र जनताप्रति जिम्मेवारी लिनुपर्छ । रिस उठेका मानिसहरुलाई गाली गर्न स्वतन्त्रता छ । गरौँ । तथ्यका आधारमा चुनौतिका साथ म भन्छुः अहिले मैले भनेका कुराहरुमा नेपाल राष्ट्र बैंकले छापेका नोटहरुमा हुन्छ, कसैले भुक्तानी माग्न आएमा रुपैयाँ यति तत्काल भुक्तान दिइनेछ । मैले भनेका कुराहरुमा पनि तत्काल भुक्तान दिनेछु, यदी मिलेन भने । अब गालीगलौज गर्न त शब्दकोष पल्टाइ पल्टाइ खोजेर गरे हुन्छ । के फरक पर्छ र ?’
प्रधानमन्त्री ओलीले आफूमाथि कसैलाई पनि गाली गर्नुछ भने शब्दकोष पल्टाएर शब्द खोजि खोजि गाली गर्न पाइने पनि बताए ।
प्रकाशित मिति २०८२ साउन १९ गते आइतबार ०४:०२




