काठमाडौं ।
नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइएकोे बताएका छन् ।
भूमीसम्बन्धी विधेयकमा सोमवार भएको छलफलमा उहाँले निकुञ्जका नाममा सरकारले नै जनतालाई भूमीहिन बनाएको बताएका हुन् ।
त्यहाँका जनताले भोगचलन गरिरहेको नम्बरी जग्गाबाट उठाएर अहिले अव्यवस्थित टहरोमा राखिएकोे बताए । निकुञ्जले त्यहाँका जनतालार्ई पानी बिजुलीको सेवा समेत उपलब्ध नगराएको बताउनुहुँदै घर टहरा चुहिने अवस्थामा पुग्दा समेत नहेरेको आरोप लगाए ।
पीडितहरुको पक्षमा भूमी विधेयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गर्र्न समेत उनले माग गरे ।
सांसद राजवंशीले भने, ‘शुक्लाफाट र कोशी टप्पुका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइयो । निकुञ्जले कुनै सुविद्या दिएन । उनीहरुले बनाएको घरटहरा कुहिने अवस्था छ । सरकारले नैजनतालाई नम्बरी जग्गाबाट उठायो । पिडितहरुको पक्षमा विद्येयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गरियोस् ।’
उनले हाल सरकारले बनाएको भूमी आयोगले काम गर्न नसक्ने पनि बताए । भूमी आयोगलाई काम गर्न नदिएर हातखुट्टा बाँधेर राख्ने काम भएको उनको भनाई छ ।
प्रकाशित मिति २०८२ साउन २० गते सोमबार १२:३४




