२०८३ साउन २१ गते बिहीबार

काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं

काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार ०२:२६

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले...

रास्वपा र राप्रपालाई काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं

काठमाडौं ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपाले संसदमा गरिरहेको गतिविधिप्रति आपत्ति जनाए।

रास्वपा र राप्रपाले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि संसद बहिष्कार गर्दै आएका छन्। प्रमुख सचेतक घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसदको मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे।

उनले भने, ‘संसदमा उभिएर सधैं गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भनेर भन्ने—भिजिट भिसा भनेको के मानव तस्करी हो रु यहाँ भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को छ रु को सांसद हुनुहुन्छ रु यो के भन्न खोजिएको हो रु’

अब पनि संसदमा उभिएर अरुलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवादमा उत्रिने चेतावनी समेत दिए।

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार ०२:२६
हजुरको प्रतिक्रिया