२०८३ साउन २१ गते बिहीबार

वागमतीमा नयाँ मुख्यमन्त्रीका लागि बानियाँद्वारा दाबी पेश

वागमतीमा नयाँ मुख्यमन्त्रीका लागि बानियाँद्वारा दाबी पेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार ०३:५३

काठमाडौ । वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । काँग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख...

काठमाडौ ।
वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।
काँग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख समक्ष १९ गते पेश गरिएको दाबीमा ११० सदस्यीय प्रदेश सभामा काँग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ ।
संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनीहरूले दाबी पेश गरेका हुन् ।
दाबी पेश गरिएको निवेदनमा काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाद्वारा हस्ताक्षर गरिएको छ ।
प्रदेश प्रमुख कार्यालयले सोमवार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
मंगलवार दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त गरेर ४ बजेपछि शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार ०३:५३
हजुरको प्रतिक्रिया