२०८३ असोज २५ गते आइतबार

समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी होः अध्यक्ष नेपाल

समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी होः अध्यक्ष नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार ०४:०२

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी असल भावना र संस्कार सिकाउने पार्टी भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले असल भावना,...

काठमाडौ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी असल भावना र संस्कार सिकाउने पार्टी भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले असल भावना, संस्कार सिकाइ त्यसतर्फ प्रेरित गर्ने पार्टी नै नेकपा (एकीकृत समाजवादी) भएको जिकिर गरे ।
समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी एकीकृत समाजवादी भएको उनको दाबी छ ।
समाजमा रहेका गरिबी, अभाव, पछौटेपन, अन्याय, अत्याचार, दुराचार, जातिय भेदभाव, दलितमाथिको छुवाछुतको विरोधमा आफ्नो पार्टी रहेको उनले बताए ।
आफूहरु न्यायको निम्ति लड्ने, समानता खोज्ने, सुख र समृद्धिका लागि लड्ने पार्टी भएको उनले उल्लेख गरे ।
उनले नयाँ पुस्तासँग आफ्नो पार्टीको चुनाव चिन्ह कलमको प्रचार गर्न पनि आह्वान गरे ।
अध्यक्ष नेपालले भने , ‘हामी भन्छौँ नयाँ पुस्तालाई कलमको प्रचार गर्नुहोस् । यो पार्टी कस्तो पार्टी हो भने समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी हो । असल भावना र संस्कार सिकाउने र प्रेरित गर्ने पार्टी हो । यो समाजमा रहेका जतिपनि छन्, गरिबी, अभाव, पछौटेपन, अन्याय, अत्याचार, दुराचार, जातिय भेदभाव, दलितमाथिको जुन छुवाछुतको कुरा छ । महिलामाथिको हिंसा । दोस्रो दर्जाको नागरिक ठान्ने महिलामाथि । त्यस्तो प्रवृत्ति । यस्ताको विरोधी पार्टी हौँ हामी । यो न्यायको निम्ति लड्छ, समानता, सुख र समृद्धिको लागि लड्छ । त्यसैले हामीले समाजवादको सिद्धान्त अघि सारेका छौँ । ’
अध्यक्ष नेपालले संसामार दुई वटा सिद्धान्तहरु रहेको बताउँदै पुँजीवादीले लुट्न मात्रै जान्ने र समाजवादीले न्याय र समानता दिने बताए ।

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार ०४:०२
हजुरको प्रतिक्रिया