२०८३ साउन २१ गते बिहीबार

कुलिङ पिरियडको प्रतिवेदन लेख्ने क्रममा सदस्यहरुबीच नै हात हालाहाल

कुलिङ पिरियडको प्रतिवेदन लेख्ने क्रममा सदस्यहरुबीच नै हात हालाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार १२:३५

सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको ‘त्रुटि’माथि छानबिन गर्न गठित विशेष समितिको प्रतिवेदन तयार गर्ने क्रममा सदस्यहरूबिच झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ ।

आचार्य र पराजुलीबिच छलफलका क्रममा हात हालाहालको स्थिति

काठमाडौं ।
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको ‘त्रुटि’माथि छानबिन गर्न गठित विशेष समितिको प्रतिवेदन तयार गर्ने क्रममा सदस्यहरूबिच झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । समितिमा रहेका सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले प्रतिवेदनको निष्कर्ष लेख्ने क्रममा आ-आफ्नो अडान राखेपछि भएको विवादका क्रममा सदस्यहरूबिच झन्डै हात हालाहालको स्थिति आएको हो । बैठकमा आचार्य र पराजुलीबिच छलफलका क्रममा हात हालाहालको स्थिति आएपछि विशेष समिति सभापति जीवन परियारले रोक्नुपरेको थियो । एमाले सांसद आचार्यले उच्च पदस्थ कर्मचारीहरू मुख्यसचिव र संसदका महासचिवको चलखेलको विषय जोड्न उपयुक्त नहुने धारणा राखेपछि विवाद सुरु भएको थियो । खासगरी कांग्रेस समिति सभापति जोगाउन खोज्ने र एमाले मुख्यसचिव र महासचिव जोगाउन खोज्ने गर्दा भनाभन भएको समितिका एक सदस्यले बताए । भनाभनका क्रममा राप्रपा सांसद रोशन कार्कीले एमाले सांसद आचार्यलाई तँ भनेर नै सम्बोधन गर्न पुगे। कार्कीले तँ सम्बोधन गरेपछि आचार्य जंगिन पुगेका थिए । पहिला १५ दिनको समयसीमा पाएको समितिले पछि पुन सात दिन थपेर प्रतिवेदन तयार पारेको हो । ७९ पेज लामो प्रतिवेदनमा सिङ्गो राज्य व्यवस्था समितिको नेक्लिजेन्स रहेको ठहर गर्दै समितिका सबै सदस्यको लापरबाही हुन पुगेको निष्कर्ष निकालेको छ ।
संसदीय छानबिन विशेष समितिले मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीको हकमा पद अनुकूल आचरण गरेको नदेखिएको भन्दै ती कर्मचारीहरूले पद अनुकूलको आचरण गरेको भए निजामती विधेयकको प्रतिवेदन लेखनमा त्रुटि नहुने समितिको बुझाइ छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयक जेठ २ गते पास भएको थियो । समितिबाट पास भएको एक महिनापछि असार १ गते प्रतिनिधि सभामा छलफल गरिएको थियो । सभाले असार १५ मा निजामती विधेयक पारित गरेको थियो ।

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार १२:३५
हजुरको प्रतिक्रिया