२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्यमन्त्री भन्छन्ः ‘१३ महिना भयो स्वास्थ्य जनशक्ति बढाउन पहल गरेको, सकेको छैन’

स्वास्थ्यमन्त्री भन्छन्ः ‘१३ महिना भयो स्वास्थ्य जनशक्ति बढाउन पहल गरेको, सकेको छैन’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार १२:५९

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १३ महिनासम्म पैरवी गर्दासमेत स्वास्थ्य जनशक्ति बढाउन नसकेको बताएका छन्। काठमाडौंमा नेपाल औषधि उत्पादक संघको ३१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो गुनासो...

काठमाडौं।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १३ महिनासम्म पैरवी गर्दासमेत स्वास्थ्य जनशक्ति बढाउन नसकेको बताएका छन्।

काठमाडौंमा नेपाल औषधि उत्पादक संघको ३१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन्। उनले २०४८ सालपछि नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरूको जनशक्ति उल्लेख्य बढेको भएपनि स्वास्थ्य जनशक्ति बढाउन नसकेको बताए।

पूर्वराष्ट्रपति डा.रामवरण यादवको पालापछि अहिलेसम्म स्वास्थ्य जनशक्ति बढ्न नसकेको उनको भनाइ छ। डाक्टरहरू रहेको भएपनि आवश्यकता हुँदा पनि उनीहरूलाई काममा लगाउन नसकिएको बताए।

सरकारले छात्रावृत्तिमा पढाउने, योग्य बनाउने तर आवश्यक पर्दा काममा राख्न नसक्ने स्थिति रहेको उनको गुनासो छ। नेपाल दक्ष बनाएर जनशक्ति विदेश पठाउने देश भएको जिकिर गरे।

मन्त्री पौडेलले औषधिको मूल्य निर्धारण हुनुपर्ने बताए। स्वास्थ्य क्षेत्रको सुधारका लागि औषधि सुशासन अनिवार्य रहेको बताए। सरकारले बीमा प्रणालीलाई व्यवस्थित बनाउन चाहेको पनि बताए। राजनीतिप्रतिको अविश्वास डेलिभर हुन नसकेर पैदा भएको बताए।

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार १२:५९
हजुरको प्रतिक्रिया