२०८३ असोज २५ गते आइतबार

भिजिट भिसा प्रकरण राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध कर्तुत होः रास्वपा

भिजिट भिसा प्रकरण राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध कर्तुत होः रास्वपा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २१ गते मंगलबार ०२:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटी मात्रै नभएको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैकठमा बोल्दै उनले...

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटी मात्रै नभएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली युवाहरु भविष्यको कर्णधार भएको र रोजगारी र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरका लागि विदेशिन बाध्य भएको बताए ।

उनले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार युवाहरुको भविष्यलाई ध्वस्त पार्दै राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने काम भएको बताए ।

राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध, दलाल संरचनको कर्तुत नै भिजिट भिसा प्रकरण भएको बताए ।

उनले भने, ‘नेपाली युवाहरु जो भविष्यका कर्णधार हुन् । रोजगारी र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरका लागि विदेशिन बाध्य छन् । त्यही आशालाई ध्वस्त पार्दै र राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने कार्य भएको छ । भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार । यो केबल व्यक्तिगत भुल र प्रशासनिक त्रुटी होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध, दलाल संरचनको कर्तुत हो । यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न आज प्रत्येक नेपालीको मनमा छ ।’

सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे बनेको छानविन समिति टालटुले समिति भएको बताए ।

प्रकाशित मिति २०८२ साउन २१ गते मंगलबार ०२:०१
हजुरको प्रतिक्रिया