२०८३ साउन २१ गते बिहीबार

साेमबार थप १६ जनाकाे ज्यान गयाे, २ हजार २९५ जनामा संक्रमण पुष्टि

साेमबार थप १६ जनाकाे ज्यान गयाे, २ हजार २९५ जनामा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १४ गते सोमबार ०५:३७

पाेखरा । देशभर पछिल्लाे २४ घण्टामा थप १६ जनाले काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा काेभिडका कारण ज्यान गुमाउनेकाे संख्या १० हजार ७३० पुगेको छ । यस्तै, देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना...

पाेखरा । देशभर पछिल्लाे २४ घण्टामा थप १६ जनाले काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा काेभिडका कारण ज्यान गुमाउनेकाे संख्या १० हजार ७३० पुगेको छ ।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार थपिएकाे याे संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ८०८ रहेको छ । देशभर अहिलेसम्म ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०५:३७
हजुरको प्रतिक्रिया