२०८३ साउन २१ गते बिहीबार

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग संकलन

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २२ गते बुधबार ०९:३१

वडा भन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समन्वय समूह बनाइ वडा भन्दा तल्लो स्तरमा रहेर अभ्यास गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

वडा भन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनकाअनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने छन् । बैठकले रुपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

उनले भने, ‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडा भन्दा तल पनि अभ्यास गर्ने निर्णय गरेको छ । हरेक टोलमा सदस्यता विस्तार गर्ने र एउटा जिम्मेवारी राख्ने । सो समूहमा रहेको संयोजक,उपसंयोजक, टोल सदस्यहरु त्यसरी हुन्छ । टोल समूहका संयोजक वडा परिषद्मा सदस्य हुनुहुनेछ । पालिका अधिवेशनको प्रतिनिधि हुनुहुनेछ ।’

केन्द्रिय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रिय कार्यालयमा १ बजे बस्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

रास्वपाका अनुसार हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रुपैयाँ सहयोग र ३२ लाख हस्ताक्षर संकलन भएको छ ।

प्रकाशित मिति २०८२ साउन २२ गते बुधबार ०९:३१
हजुरको प्रतिक्रिया