२०८३ असोज २४ गते शनिबार

ऐन बनाइदिनुस् काम हामी गर्छौंः उपाध्यक्ष लामा

ऐन बनाइदिनुस् काम हामी गर्छौंः उपाध्यक्ष लामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २२ गते बुधबार ०२:५४

काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने बताएका छन्। अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै...

काठमाडौँ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने बताएका छन्।

अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नीति बनाइदिए गुरुयोजनाका लागि सरकारसँग कुनै रकम नमाग्ने र कर्मचारीहरूको पारिश्रमिक पनि कोष आफैँले व्यहोर्ने जिकिर गरे।

उनले आफू आउनेबित्तिकै सबैथोक कायापलट हुने आफूले नभनेको भन्दै ऐन बनाएर दिए लुम्बिनी बनाउने बताए। उनले कोषअन्तर्गत साढे ३ सय कर्मचारी रहेको र उनीहरू सबैको पारिश्रमिक कोषले व्यहोरिरहेको बताए।

लामाले भने, ‘म आइसकेपछि लुम्बिनी एकदमै बदलिन्छ भन्ने आशा गर्नु गलत हो तर राज्यले ऐन बनाइदिनुपर्छ। गुरुयोजना नेपाल सरकारबाट चाहिँदैन।

हामी बनाउँछौँ। नेपाल सरकारबाट राज्यको संयन्त्र बनाइदिनुस्।

पैसा हामी ल्याउँछौँ तर ऐन बनाइदिनुस्। हामीसँग ऐन छैन। यो गम्भीर कुरा हो।’

उनले आफू थाइल्याण्डको कार्यक्रम र युनेस्कोको कार्यक्रमबाहेक अन्य विदेश भ्रमणमा नगएको दाबी गरे।

प्रकाशित मिति २०८२ साउन २२ गते बुधबार ०२:५४
हजुरको प्रतिक्रिया