२०८३ साउन २१ गते बिहीबार

एमसीसीमा देउवा भन्दा ओली झन कडाः अध्यक्ष प्रचण्ड

एमसीसीमा देउवा भन्दा ओली झन कडाः अध्यक्ष प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २२ गते बुधबार ०३:२७

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस भन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन्...

काठमाडौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस भन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन् ।
काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा काँग्रेस सभापति शेरबहादुर देउवा भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको उनले बताए ।
एमसिसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर एमालेसँग छलफल गर्दा काँग्रेस भन्दा बढी पक्षधर रहेको पाएको उनको भनाई थियो ।
उनले एमसिसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि काँग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरु गएको स्मरण पारे ।
तर एमालेले अपमानजनक भाषा प्रयोग गरेको उनको आरोप छ ।
एमाले नेपाललाई आइपिएसको सदस्य बनाउने पहल गर्ने र एसपीपीमा सैद्धान्तिक सहमति गर्ने पार्टी भएको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले भने , ‘जसरी पनि एमसीसी पारित हुने भयो । हामीले रोक्नसक्ने स्थिति भएन । काँग्रेस दृढ अडानमा छ । एमाले र काँग्रेस मिलेपछि भइहाल्छ । एमाले नेतृत्वबाट सँगै समझदारी गरेको, कार्यदल बनाएकोबाट आश गरेको त झन कडा । काँग्रेस भन्दा त केपी ओली त झन कडा । हाम्रा केही साथीहरु त जाउँ भयो । झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र ? देशको भलो हुन्छ भने जोसँग भएपनि वार्ता गर्न के हुन्छ भनेर अफ्ठ्यारो मानि मानि गएका थियौँ । तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो, काँग्रेस भन्दा त धेरै बढी रहेछ । आइपिएसको सदस्य बनाउने पनि उहाँहरु नै हो । एसपीपीसँग पनि सैद्धान्तिक सहमति गर्नेहरु पनि उहाँहरु नै हो । त्यसपछि अन्तिममा यसलाई बहिष्कार गर्ने, भोटिङमा भाग नलिने बाटो थियो । तर अनुमोदन त भइसक्थ्यो । त्यसलाई रोक्न र क्रान्ति नै शुरु गर्नसक्ने स्थिति थिएन ।’
अध्यक्ष प्रचण्डले आफूहरुको बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्प्णीसहित एमसिसी पास गरिएको बताए ।

प्रकाशित मिति २०८२ साउन २२ गते बुधबार ०३:२७
हजुरको प्रतिक्रिया